कुलमानलाई सामाजिक सञ्जालले नियुक्ति दिएको होला, सरकारले दिएको छैन: प्रवक्ता खतिवडा

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति नभएको बताएका छन्।

विहीवार सरकारका निर्णय सार्वजनिक गर्दै उनले घिसिङको दोस्रो कार्यकालका निमित्त नियुक्ति नभएको बताए।

‘सामाजिक सञ्जालले नियुक्त दिएको होला, सरकारले दिएको छैन,’ उनले भने।

केहिदिन अघि सरकारले घिसिङलाई पुन नियुक्त गरेको भन्दै केही सञ्चारमाध्यमले समाचारसमेत दिएका थिए भने सामाजिक सञ्जालमा बधाई र शुभकामना दिनेको संख्या धेरै थियो

प्रतिक्रिया दिनुहोस