अश्लिल भिडियो सेयर गरेको आरोपमा मकाउमा ११ नेपाली पक्राउ

मकाउमा अश्लिल भिडियो सेयर गरेको आरोपमा ११ जना नेपाली सेक्युरिटी गार्ड पक्राउ परेका छन्।

मकाउ प्रहरीका अनुसार पक्राउ परेका ७ जनाले मोबाइलमार्फत अश्लिल भिडियो सेयर गरेको स्वीकार गरेका छन्।

उनीहरूले पैसा कमाउने उद्देश्यले नभई साथीभाइलाई मोबाइलबाट भिडियो सेयर गरेको त्यहाँको प्रहरीलाई बताएका छन्।

नेपाली कामदार कार्यरत रहेको कम्पनीबाटै उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

त्यो भिडियो कुनै वेभसाइटबाट डाउनलोड गरेर सेयर गरेको र थप अनुसन्धान जारी रहेको मकाउ प्रहरीलाई उधृत गर्दै एनआरएनए मकाउका अध्यक्ष पूर्ण गुरुङ बताएका छन्।

एउटा बालिकासँगको अश्लिल क्रियाकलाप गरेको भिडियो त्यहाँ मोबाइलबाट सेयर भइरहेको बारे अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले मकाउ प्रहरीलाई आग्रह गरेको थियो। बालिकामाथि गलत क्रियाकलापको भिडियो यसरी सेयर गर्नु अपराध मानिन्छ।

मकाउ प्रहरीका अनुसार नेपाली कामदारले अन्य विदेशी कामदारहरुसमक्ष पनि यो भिडियो सेयर गरेका थिए।

उक्त भिडियो मकाउ बाहिर खिचिएको र यस मामिलामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

इन्टरपोलको सूचनामा मकाउ प्रहरीले हालै अन्य व्यक्तिहरूलाई पनि पक्राउ गरेको छ।

२ मिनेट २९ सकेण्डको उक्त भिडियोमा एक बालिकामाथि पुरुषले गलत काम गरिरहेको देखाइएको छ।

प्रतिक्रिया दिनुहोस