रियाले स्वीकारिन् गल्ती, सुशान्तले ‘कैसी हो मेरी बेबू’ भन्दै म्यासेज पठाएका थिए तर उनले…

मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृ’त्युको अनुसन्धान भइरहेका बेला रिया चक्रवर्तीले एक च्यानललाई अन्तरवार्ता दिएकी छिन् । अन्तरवार्तामा उनले आफूले सुशान्तको नम्बर ब्ल’क गरिदिएको स्वीकार गरेकी छिन् । उनले रि’समा आफूले यस्तो गरेको बताएकी छिन् । रियाले ८ जूनमा सुशान्तको घर छा’डेकी थिइन् ।त्यसको भोलिपल्ट सुशान्तले रियालाई म्यासेज गरेका थिए । म्यासेजमा ‘कैसी हो मेरी बे’बू’ लेखिएको थियो । तर रियाले उनको नम्बर नै ब्ल’क गरिदिएकी थिइन् ।उनले त्यो घ’टनापछि सुशान्तले आ’त्मह’त्या नै गर्छन् भन्ने आफूलाई थाहा भएको भए आफू फर्केर जाने पनि बताएकी छिन् ।

८ जूनदेखि १२ जूनसँग सुशान्तकी बहिनी मि’तु त्यहाँ भएको बताउँदै रियाले उनले के भएको थियो भन्ने कुरा बताउनुपर्ने भनेकी छिन् ।रियाका अनुसार १४ जूनका दिन दिउँसो २ बजेतिर उनले सुशान्तको मृ’त्युको बारेमा ह’ल्ला सुनेको बताइन् । एक जना साथीले आफूलाई फोन गरेर यस्तो हल्ला रो’क्न भनेको बताउँदै उनले ती साथीले सुशान्तलाई वक्तव्य पारी गर्न भन्न पठाएको बताइन् । त्यसको केही बेरमै मृ’त्युको पुष्टि भएको उनको भनाइ छ । सुशान्तको मृ’त्युको खबर सुनेपछि पनि उनी सुशान्तको घर भने गएकी थिइनन् ।

प्रतिक्रिया दिनुहोस