सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट सांसद रहेकी सांसद गङ्गा चौधरी सत्गौवाले १८ घण्टासम्म बढेको लोडसेडिङ हटाउन भूमिका खेलका कुलमान घिसिङको कार्यकाल दोहोेर्याउनुपर्ने बताएकी छन्।
विभिन्न पदमा पटक-पटक नियुक्त दिने गरिएकोमा कुलमानलाई भने किन नमिल्ने भनेर उनले प्रश्न गरेकी छन्।
“अरुलाई निरन्तरता दिन मिल्छ भने कुलमानलाई पनि दिनुपर्छ। सम्धीहरुलाई निरन्तरता दिन मिल्छ भने कुलमानलाई मिल्दैन। १८ घण्टासम्म बढेको लोडसेडिङका कारण अँध्यारोमा बस्न बाध्य नेपालीलाई उज्यालोतर्फ डोहोर्याउने उनलाई निरन्तरता दिँदा के फरक पर्छ ?’,उनले भनिन्।
१८ घण्टासम्म बढेको लोडसेडिङबाट देशलाई उज्यालो तर्फ ल्याउने उनलाई अपेक्षा गरिए सरकारलाई गार्हो पर्ने उनले दावी गरिन्। सारा नेपाली कुलमानको पक्षमा रहेको हुँदा सरकार चुक्न नहुने उनको भनाई छ। साथै उनले आफूले पार्टीका शिर्ष नेतालाई भेटेर नै कुलमानलाई निरन्तरता दिन आग्रह गरिसकेको पनि बताइन्।
“कुलमानलाई निरन्तरता दिँदा पार्टीको पनि भलो हुन्छ, जनताको पनि भलो हुन्छ।”,उनले भनिन्,”सम्धीज्यूलाई निरन्तरता दिँदा कुलमानलाई दिन मिल्दैन भन्ने हुँदैन।”,उनले भनिन्।
१८ घण्टासम्म बढेको लोडसेडिङका कारण अँध्यारोमा बस्न बाध्य नेपालीलाई उज्यालोतर्फ डोहो¥याउँदै चामत्कारिक ढगले नेपाललाई लोडसेडिङमुक्त देश बनाउन सफल नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल दोहोेर्याउनुपर्ने माग जनस्तरबाट उठिरहेका बेला कलाकर्मीहरूले पनि स्वस्फूर्तरूपमा उनको पक्षमा आवाज उठाएका छन्।
जनता कलाकार सबैको एउटै स्वर छ–‘अब फेरि पनि हामीहरुलाई कुलमान नै चाहिन्छ । भ्रष्टाचार गर्नेहरुलाई पटक–पटक उही पद दिन मिल्ने तर देश उज्यालो बनाउनेलाई किन नमिल्ने ?’