काठमान्डौ उपत्यकामा घटे कोरोना संक्रमित , आज १८६ जना मात्र संक्रमित

काठमान्डौ , काठमान्डौ उपत्यकामा थप १८६ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमान्डौमा १५५ जना, भक्तपुरमा १२ जना र ललितपुरमा १९ जना गरि थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।त्यस्तै नेपालमा आज ८८४ जनामा कोरोना संक्रमण देखेको छ । देशभरिका बिभिन्न प्रयोगशाला मा गरिएको परिक्षणको नतिजा अनुसार आज थप ८८४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । त्यस्तै नेपालमा पछिलो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको ज्यान गएको छ ।

आज ज्यान गु’माउनेमा ३ महिला र ९ पुरुष रहेका छन् ।यो संगै नेपालमा कोरोनाबाट ज्यान गु’माउनेको संख्या २०७ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमका अनुसार पाल्पा, काठमाडौं र भक्तपुरका १–१ गरी ३ महिलाको मृ’त्यु भएको हो। यस्तै पर्सा र ललितपुरका २–२ तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १–१ जना ८ जना पुरुषको मृ’त्यु भएको उनले बताए । हालसम्म कोरोना नि’को हु’नेको कुल संख्या २० हजार ५५५ रहेको छ भने पछिल्लो २४ घण्टामा ३१३ जना नि’को भएका छन् ।

प्रतिक्रिया दिनुहोस