काठमाडौं । स्टकल्याण्डमा विश्वकै महँगो भेडा बिहिबार बिक्रि भएको छ।
स्कटिस नेशनल टेक्सल प्रदर्शनीमा उक्त भेडा बिहिबार बिक्री भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छ।
विश्वकै महँगो यो भेडा ३ लाख ६७ हजार ५ सय पाउन्डमा बिक्री भएको हो।
‘डबल डायमन्ड’ नामको यो भेडा विशेष र आर्कषक भएकाले धेरैको नजरमा परेको थियो।
Take a look at the world's most expensive sheep pic.twitter.com/JKWc1a6Dzw
— Reuters (@Reuters) August 29, 2020
टेक्सल सिप सोसाइटीले यो अहिलेसम्मकै सर्वाधिक महंगो रकममा बिक्री भएको भेडा भएको जनाएको।
यसअघि २००९ मा यस्तै एक आकर्षक भेडा २ लाख ३१ हजार पाउन्डमा बिक्री भएको थियो।
Source-Dainik Online