काठमाडौंमा कल्पना गर्न नसक्ने गरि ह्वात्तै घट्यो कुखुराको मासुको मूल्य, भाउ घटेर गुन्द्रुक भन्दा पनि भयो सस्तो

काठमाडौं । तपाई कुखुराको मासुको पारखी हो र काठमाडौँमा बस्नुहुन्छ भने तपाईले कहिल्यै नपाएको सस्तो मूल्यमा मासु खान पाउनुहुनेछ । यसअघि करिब साडे ४ सय रुपैयाँमा पुगेको कुखुराको मासु उपत्यकामा जारी निषेधाज्ञाकाबिच ग्राहक अभावका कारण गुन्द्रुककै मूल्यसरी भएको ब्यबसायीहरु बताउँछन् ।

नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्षका अनुसार अचानक भएको निषेधाज्ञाका कारण किसानले ठूलो संख्यामा उत्पादन गरेका कुखुरा बजारमा गए लगत्तै माग नभएका कारण मूल्य घटाएर कारोबार गर्न ब्यबसायीहरु बाध्य भएका छन् । लामो समय लकडाउनमा कुखुरा उत्पादनमा समस्या भएपछि लकडाउन सामान्य भएको समयमा कुखुराको मासु बजारमा अभाव भएसँगै मूल्य ह्वात्तै बढेको छ ।

संघका अनुसार कालिमाटीमो तयारी कुखुराको मासु प्रतिकिलो २५५ रुपैयाँ तोकेको र अझै प्रतिकेजी १५ रुपैयाँका दरले घटाइएको छ । घटाइएको मूल्य अनुसार अब मासु प्रति किलो २४० मा कारोबार हुने संघले जनाएको छ । संघका अनुसार पछिल्ले २ सातामा कुखुराको मासुमा १५० घटेको हो ।

प्रतिक्रिया दिनुहोस