काठमाडौं उपत्यकामा थप ४ सय २९ जनामा संक्रमण,काठमाडौंमा मात्र ३ सय ७२ थपिए

काठमाडौं, १४ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय २९ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय २९ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ३ सय ७२ संक्रमित थपिएका छन् भने ललितपुरमा १२ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ४५ जना संक्रमित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस