मन्त्रीहरू नै आइसोलेसन बस्नुपर्ने अवस्था, कोरोनाबाट जोगिएर काम गर्न निर्देशन

काठमाडौं, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई काेराेनाबाट जाेगिएर काम गर्न निर्देशन दिनुभएकाे छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकमा उहाँले भीआईपीहरुमा पनि कोरोना संक्रमणको जोखिम बढेको भन्दै सजग रहन निर्देशन दिनुभएकाे स्राेतले जनायाे ।

बैठकमा काेराेना संक्रमणकाे जाेखिम बढेकाे निष्कर्ष निकाल्दै प्रधानमन्त्रीले कामै ठप्प पार्ने अवस्था पनि हुन नहुने तर जाेगिएर काम गर्नुपर्ने बताउनभएकाे थियाे । यसअघि उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गहमन्त्री रामबहादुर थापालगायत भीआइपी नै आइसोलेसनमा बस्नुभएकाे थियाे । तर उहाँहरूकाे काेराेना रिपाेर्ट नेगेटिभ आइसकेकाेले आइतबारको मन्त्रिपरिषद बैठकमा दुवैजना सहभागी हुनुहुन्थ्याे ।

मन्त्रीहरु नै आइसोलेसनमा बस्नुपर्ने अवस्था आएकोतर्फ सजग गराउँदै प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई कोरोनाबाट सतर्क रहेर काम गर्न निर्देशन दिनुभएकाे हाे ।

प्रतिक्रिया दिनुहोस