सिबिआइका प्रश्नहरूको जवाफ दिन सकिनन् रियाले, रोएर बेहाल भयो कारण यो रेछ…..

केही समयअघिबाट DRDO गेस्ट हाउसमा सिबिआइले रियासँग सोधपुछ गरिरहेको छ। सोधपुछका क्रममा रियाले सिबिआइका कैयौं प्रश्नहरूको जवाफ दिन नसकेर रोइरहेको सुत्रले बताएको छ।

सिबिआइका प्रश्नहरूको सामना गर्नुपूर्व रियाले भारतीय मिडिया आज तकलाई विशेष अन्तर्वार्ता दिएकी थिइन्। सो अन्तर्वार्तामा रियाले आफूमाथि लागेका आ’रोपहरूको निकै चलाखीपूर्वक रोईधोई खण्डन गरेकी थिइन्। अन्तर्वार्ता हेरेर रियाको आँसुमा पग्लिनेहरू पनि धेरै भेटिए। आज पनि सिबिआइका प्रश्ननहरूको जवाफ दिन नसकेर रिया रोइरहेको भारतीय मिडियाहरूले बताएका छन्।

सिबिआइले रिया र सुशान्तको युरोप टुरको बारेमा सोध्दा रिया मौन रहेको बताइएको छ। साथै रियाको ड्रग कनेक्सनको, सुशान्तको डि’प्रेसनको, उनीहरूको सम्बन्ध, घर छोड्नुको कारण बारेमा सिबिआइले र्याख र्याख पार्दा रिया जवाफ दिन नसकेर रोइरहेको भारतीय मिडियाहरूले जनाएका छन्।

सिबिआइको सो’धपुछ आफैमा क’डा मानिन्छ। सामान्य बाटोभन्दा टेढो बाटो हिँडेर सत्यसम्म पुग्ने सिबिआइको प्रक्रिया अनौठो मानिन्छ। सिबिआइका महिला कर्मचारीहरूको व्यवहार तथा प्रस्तुति निकै क’डा हुने गर्दछ। यही सिबिआइको कडा प्रश्नहरूको घे’रामा परेकी रियाले दिने जवाफको प्रतीक्षा सबैलाई छ।

प्रतिक्रिया दिनुहोस