सुशान्त आत्महत्या प्रकरणः सन्दिप सिंह लामो समयपछि मिडिया आएपछि थप रहस्य खुल्दै

काठमाडौं । अभिनेता सुशान्त सिंह राजपुतको साथी तथा निर्माता सन्दिप सिंह लामो समयपछि मिडियामा आएका छन् ।

उनले आफ्नो बारेमा झुठो खबर फैलाउने बिरुद्ध मानहानीको मुद्दा दर्ता गराउने बताएका छन् ।

उनका मिडिया म्यानेजर दिपक साहुले यस कुराको जानकारी ट्वीट मार्फत दिएका हुन् ।

खासमा सन्दिप १० महिनादेखि सुहान्तको सम्पर्कमा थिएनन ।

१४ जुनमा सुशान्तले आत्महत्या गरेपछि उनी सुशान्तको घर बाहिर देखिएका थिए । त्यो समयमा उनी पुलिससँग कुराकानी गरिरहेका थिए ।

लामो समयदेखि सुशान्तबाट टाढा रहेका सन्दिप अचानक मृत्युको दिनमा उनको आँगनमा त्यो पनि प्रहरीसँगै कुरा गर्दै गरेको देखेर मिडियाले धेरै प्रश्न गरेका थिए ।

तर उनले कुनै पनि प्रश्नको उत्तर दिएका थिएनन ।

भारतीय मिडियाले बताए अनुसार सन्दिपको कल रेकर्ड सार्वजनिक भएको छ । जस अनुसार सुशान्तको शव बोकेका एम्बुलेन्स चालकसँग सन्दिपको कुरा भएको छ ।

सुशान्तको अन्तिम संस्कारपछि पनि सन्दिपले सुशान्तको केश हेरिरहेका प्रहरीसँग कुरा गरेका छन् ।

यसरी सुशान्तको परिवारले सन्दिपको विषयमा प्रश्न गर्दा उनले सुशान्त को हो म चिन्दन भनेको भारतीय मिडियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस