उपत्यकामा निषेधाज्ञा एक साता थपियो, के गर्न पाउने, के नपाउने

काठमाडौं : काठमाडौं उपत्यकामा नि’षेधाज्ञा एकसाता थपिएसँगै जिल्ला प्रशासनले याे अवधिमा गर्न पाउने र नपाउने विषयको सूची सार्वजनिक गरेको छ । बुधबार काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो। यसअघि गरिएको दुई साता लामो निषेधाज्ञा बुधबार मध्यरातिबाट सकिँदैछ। निषेधाज्ञाको समय थप गरिए पनि केही सहज बनाउने निर्णय भएको छ। उनीहरुको संयुक्त बैठकले गरेको सो निर्णय अनुसार तीनै जिल्ला सूचना जारी गरेका छन्।

यी हुन् उपत्यकामा निषेध गरिएका सेवा

जिल्ला प्रशासन कार्यालय, भक्तपुरका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश : भक्तपुर जिल्लामा कोभिड-१९ को बढ्दो संक्रमणलाई प्रभावकारी रुपमा रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार समेत प्रयोग गरी मिति २०७७/०५/०३ गते राति १२:०० बजे देखि मिति २०७७/०५/१७ गते राति १२.०० बजेसम्म निषेध आदेश जारी गरिएकोमा मिति २०७७/०५/१७ गते राति १२:०० बजेदेखि २०७७।०५।२४ गते राति १२:०० बजेसम्म लागू हुनेगरी देहायबमोजिम निषेध आदेश जारी गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।

निषेध गरिएका सेवाहरु

१. औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काम साथै अत्यावश्यक सेवा सञ्चालन गर्न बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन ।

२. अत्यावश्यक सेवा तथा कामका लागि समेत १२ वर्ष मुनीका बालबालिका, ६० वर्ष माथिका नागरिकहरू एवम् दीर्घ रोग भएका जुनसुकै उमेरका मानिसहरू घरबाट बाहिर निस्कन ।

३. अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग भएका सवारी साधन, निर्माण सामग्री बोकेका सवारी साधन, भन्सारबाट जाँचपास गरी आएका सबै प्रकारका मालबाहक सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन भक्तपुर जिल्ला भित्र प्रवेश गर्न । यसरी आउने सवारी साधनमा रहेका ड्राइभर र सहयोगीहरु तोकिएबमोजिम अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्नेछ।

४. जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न ।

५. कोभिड-१९ को संक्रमणको जोखिम नियन्त्रण, सोको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जान पर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम् कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा सञ्चालन हुने बाहेकका सवारी साधन सञ्चालन गर्न ।

६. सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय वस्तु वा सेवा अन्तरगत पर्ने औषधी, खाद्यवस्तु, इन्धन,खाना पकाउने ग्याँस, तरकारी, फलफूल दूध, दूग्धजन्य पदार्थ र सोको प्याकेजिङ सामग्री, विद्युत, दूरसंचार सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइशोलेसन, फोहोर मैला व्यवस्थापन, सरसफाईमा प्रयोग गरिने साबुन/ स्यानिटाइजर लगायतका सामग्रीहरु, अस्पताल जाने/आउने बिरामी, दाह संस्कारका लागि अनिवार्यरुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधनजस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न ।

७. कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेला/जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न ।

८. परम्परागतरूपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट गर्न ।

९. शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, टयूशन सेन्टर, भाषा कक्षालगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न।

१०. सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, सपिङ्ग मल, डिपार्टमेन्टल स्टोर, मार्ट, मनोरञ्जनस्थल, शैलुन, व्यूटिपार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सचालन गर्न ।

११. फुटपाथ वा खुल्ला ठाउँ तथा ठेलागाडा वा साईकलमा सञ्चालन हुने विभिन्न व्यापार/व्यवसाय सञ्चालन एवं कवाडी संकलन गर्न ।

१२. होटेल, रेष्टुरा सञ्चालन गर्न, गराउन ।

१३. अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरु उपर कानूनबमोजिम कारवाही हुनेछ ।

सञ्चालन गर्न पाउने सेवाहरू

१. अत्यावश्यक वस्तु वा सेवामध्ये औषधी, पानी मात्र बिकी वितरण गर्ने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल/व्यवसाय जुनसुकै समयमा पनि निर्वाध रुपमा सञ्चालन सकिने।

२. अत्यावश्यक वस्तु वा सेवामध्ये खाद्य वस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा/ मासु विक्री वितरण गर्ने पसलहरु विहान ११:०० बजेसम्म खोल्न सकिने ।

३. विकास निर्माणसँग सम्बन्धित पसल/व्यवसाय साथै छोटी ढुवानीका लागि प्रयोग हुने सवारी साधन दिउसो २:०० बजेदेखि साँझ ७:०० बजेसम्म सञ्चालन गर्न सकिने तर नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्यरुपमा पालना गर्नु पर्नेछ ।

४. पिसिआर नेगेटिभ भएका व्यक्तिहरूबाट टेकअवे सेवा सञ्चालन गर्न, सरकारले तोकेको मापदण्ड अनिवार्यरुपमा पालना गरी अनलाइन सेवा सञ्चालन गर्न ।

५. अत्यावश्यक उपभोग्य बस्तुको होम डेलिभरी सेवाको हकमा डेलिभरी गर्ने व्यक्तिको पिसिआर नेगेटिभ हुनु पर्ने । होम डेलिभरी सेवाको क्रममा भेटेका व्यक्तिहरूको अभिलेख राख्ने र अनलाईन भुक्तानी गर्ने गरी होम डेलिभरी सेवा सञ्चालन गर्न सकिनेछ । सो सेवाको मापदण्ड जारी भएपछि मात्र सेवा सञ्चालन गर्न पाइनेछ ।

६. कामदार र कर्मचारीहरूलाई आयोजनास्थलमै क्वारेन्टिनमा रहने गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना सम्बन्धी निर्माणका कार्यहरु सञ्चालन गर्न ।

७. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रोटोकल अनुसार अनलाइन कक्षा सञ्चालन गर्न ।

८. क्वारेन्टाइन/आइशोलेसनमा बस्नेहरुको लागि खाना खुवाउने क्याटरित/होटल सञ्चालन गर्न ।

९. एयरपोर्ट देखि क्वारेन्टाइन वा आइसोलेसन वा होटेलसम्म जाने यातायात सञ्चालन गर्न ।

१०. अत्यावश्यक कार्यको लागि उपत्यका भित्रिने व्यक्तिहरुको पिसिआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनु पर्नेछ ।

११. स्वाव परिक्षण गराउने व्यक्तिहरु रिपोर्ट नआउन्जेल सम्म अनिवार्य रुपमा होम क्वारेन्टिनमा बस्नु पर्नेछ। कन्ट्याक्ट ट्रेसिंगमा परेका व्यक्तिहरू समेत स्वाब परीक्षण गराउने व्यक्तिहरुको रिपोर्ट नआउन्जेल सम्म अनिवार्य रूपमा होम क्वारेन्टिनमा बस्नु पर्नेछ । होम क्वारेन्टिनमा बसे नबसेको निगरानी सम्बन्धित स्थानीय तहको वडा कार्यालयले गर्नुपर्नेछ । यस व्यवस्थाको उलङघन हुनेगरी जथाभावी हिंडडुल गर्नेहरू उपर संकामक रोग ऐन, २०२० बमोजिम कारवाही हुनेछ।

१२, अत्यावश्यक सेवासँग सम्बन्धित उद्योग, कलकारखाना सञ्चालन गर्न सकिनेछ। उद्योग कलकारखानामा काम गर्ने कर्मचारी/कामदारहरू खान/बस्नको लागि परिसर भित्र सम्बन्धित उद्योग कलकारखानाले नै है क्यारेन्टिनको व्यवस्था गर्नुपर्नेछ। उद्योग कलकारखाना सञ्चालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नु गराउनु

प्रतिक्रिया दिनुहोस