सास सहित नेपाल पुग्ने आ’श बोकेका रामसजीवन युएईमै अ’स्ताए

युएई । नेपालमै अन्तिम सास फेर्ने धोको बोकेका रुपन्देहीका राम सजीवन केवट अन्ततः युएईमै अ’स्ताए। विगत ६ महिनादेखि फक्सोमा क्यान्सर भएर उपचार गराइ राखेका केवटले गएराति युएईको अलऐन स्थित तवाम अस्पतालमा अन्तिम सास छोडे। उपचारपछि उनलाई विगत तीन महिनादेखि क्याम्ब्रिज मेडिकल तथा रिहाबेसन सेन्टरमा राखिएको थियो।

दुई वर्षपहिले वैदेशिक रोजगारीको सिलसिलामा युएई आइपुगेका केवट युएईको अलऐनमा रहेको मवारिद सर्भिसेस् कम्पनीको (मजरा) मा कृषि कामदारको रुपमा काम गर्थे । काम गर्ने क्रममा एक्कासी केवटलाई छाती र ढाड दुख्यो । केही छिनमै रिंगाटा लाग्यो। विस्तारै दुखाई पनि बढ्दै गएपछि उनी अस्पताल गए ।अस्पतालले फोक्सोमा समस्या भएको भन्दै भर्ना गर्यो।

चिकित्सकहरुले उनलाई फोक्सोमा क्यान्सर भएको बताए । क्यान्सर शरीरको सबै भागमा फैलिसकेको र पूर्ण निको हुन नसक्ने भएकोले केवटलाई रेखदेख र स्याहार सुसार गर्न ३ महिना पछि रिहाबेसन सेन्टरमा सारिएको थियो । रिहावेसन सेन्टरमा एमबीएम फाउ न्डेसनले उनको रेखदेख गरेको थियो । ६ महिनादेखि थलिएका ४० वर्षीय रामसजीवनको शरीर दाउरा जस्तै सुकेको थियो ।

आवाज पनि राम्रोसँग नबुझिने धोद्रो, बिना अक्सिजनको भरमा सास फेर्दै गरेका रामसजीवनलाई ६ महिनासम्म न आफन्त भेट्न गए।न अन्य नेपाली साथी भाईहरुनै । पहिलोपटक अस्पताल भेट्न पुगेका गैरआवासीय नेपाली संघ एनआरएनए युएईका केन्द्रीय सदस्य राजन अधिकारी र केही नेपालीलाई देख्नासाथ उनले शैयाबाटै भने– ‘मलाई सास छँदै नेपाल जान मन छ।’ तर उनको त्यो इच्छा पुरा हुन सकेन। विस्तृतमा रातोपाटिमा बिनोद श्रेष्ठले लेख्नु भएको छ

प्रतिक्रिया दिनुहोस