घरायसी विषयमा वि-वाद हुँदा जेठाजुले लिए बुहारीको ज्यान

काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८ डराउनेपोखरीमा जेठाजूले बुहारीको ज्यान लिएका छन् । आज (बिहीबार) बिहान जेठाजु सुर्दशन अधिकारीले ३५ वर्षीय बुहारी रञ्जना अधिकारीको ज्यान लिएको प्रहरीले जनाएको छ ।

श्यामपाटी प्रहरी चौकीबाट गएको प्रहरी टोलीले जेठाजु सुर्दशन अधिकारीलाई नियन्त्रणमा लिएको छ । मृतक रञ्जना डराउनेपोखरी स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएकी थिइन् । केही समयदेखि श्रीमान र श्रीमतीबीच सामान्य ख’टपट पर्दै आएको स्थानीयले जनाएका छन् ।

घट्नापछि जिल्लाबाट प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाको नेतृत्व घट्नास्थल पुगेको छ । घरायसी विषयमा वि-वाद हुँदा यस्तो गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । डीएसपी थापाले अनुसन्धान सुरु भएको बताए । आरोपमा पक्राउ परेका सुर्दशन भारत बस्दै आएका भए पनि लकडाउन सुरु हुनुभन्दा अगाडि घरमा बस्दै आएका थिए ।

घरमा मृतक रञ्जनाको श्रीमान शंकर अधिकारी, ससुरा विष्णु प्रसाद अधिकारी, सासु चित्र कुमारी अधिकारी, जेठाजु सुदर्शन अधिकारी बस्दै आएका छन् । मृतक महिलाको अन्दाजी ११ वर्षिय छोरालाई भने उनि तिजमा माईत जाँदा उतै छोडेर आएको स्थानिय अधिकारीले बताए ।

मृतक रञ्जना र श्रीमान तल्लो घरमा सुत्न आउने र खाना खान माथिल्लो घरमा जाने गरेको स्थानियले बताए । राती सामान्य घर झ-गडा भएको र विहान भाँडा माझ्न लागेको ठाउँमा जेठाजु सुर्दशनले पछाडीबट हानी ज्यान लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस