कोरोना विरुद्धको रुसी खोपले राम्रो प्रतिरोधि क्षमता देखायो यही महिनाबाट व्यापक उत्पादन थालिने वार्षिक ५० करोड डोज उत्पादन हुने

काठमाडौं, भदौ २० गते । रुसमा विकास गरिएको कोभिड-१९ विरुद्धको खोपको पछिल्लो ७६ जनामा गरिएको परीक्षणबाट निकै सकारात्मक परिणाम देखापरेको रुसी अधिकारीहरुले बताएका छन् ।

बीबीसीका अनुसार सो खोपको परीक्षण जुन र जुलाइमा सुरु गएिको र त्यसमा दुई पटकमा हरेक समूहमा ३८ जना स्वस्थ व्यक्ति समावेश गरिएको थियो । उनीहरुलाई पहिलो पटक सो खोप दिनुका साथै त्यसको तीन हप्ता पछि बुस्टर डोज दिइएको थियो ।

सो खोपको परीक्षणमा १८ देखि ६० वर्ष उमेर समूहका व्यक्ति समावेस थिए र उनीहरुलाई खोप दिइएको ४२ दिन पछि परीक्षण गर्दा सबैले तीन हप्ता भित्रैमा रोगसँग लड्ने एन्टिबडी पैदा भइसकेको थियो । अध्ययनका क्रममा सबैमा टाउको दुख्ने र जोर्नी दुख्ने जस्ता साइड इफेक्ट भने पाइएको थियो र अन्य कुनै गम्भीर साइडइफेक्ट थिएन

प्रतिक्रिया दिनुहोस