काठमाडौं उपत्यकामा थप ४ सय ८ जनामा संक्रमण काठमाडौंमा मात्र ३ सय २६ थपिए

काठमाडौं, २० भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ८ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ८ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ३ सय २६ संक्रमित थपिएका छन् भने ललितपुरमा ३७ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ४५ जना संक्रमित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस