अफिस जान्छु भनेर घरबाट हिँडेकी अल्का अस्पतालकी कर्मचारीको श’व लेले जंगलमा फेलापर्यो

ललितपुर – ललितपुरको लेलेमा अल्का अस्पतालकी कर्मचारी गीता केसीको श’व फेला परेको छ । केही दिनदेखि हराइरहेकी उनको श’व गोदावरी नगरपालिका– १० स्थित लेलेको ज’ङ्गलमा फेला परेको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । उनको ह ‘त्या गरिएको आ’शङ्कामा प्रहरीले अनुसन्धान थालेको छ ।

तीन दिनअघि हराएको भन्दै ललितपुरस्थित प्रहरी कार्यालयमा निवेदन परेको थियो । सोही निवेदनका आधारमा खोजी गर्ने क्रममा उनको श’व फेला परेको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । गए राति श’व फेला परेको र श’वपरीक्षणका लागि पाटन अस्पतालमा ल्याइएको छ । श’व परीक्षणपछि मात्रै यकिन कारण खुल्ने जनाइएको छ । उक्त घटनाको अनुसन्धानका क्रममा एक जनालाई प्रहरीले प’क्राउ गरेको छ । गीताकै भतिजो नाता पर्ने निर्मल केसीलाई प’क्राउ गरिएको छ।

ललितपुरका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङका अनुसार उनी १७ गते ह’राएकी थिइन् । शुक्रबार बेलुका लेलेस्थित सामुदायिक वन क्षेत्रमा उनको श’व फेला परेको थियो । राति घटनास्थल सुरक्षित राखेर फर्किएको टोलीले अज बिहान गएर श’व उठाएको थियो । आफन्तले आज उनकै श’व भएको पुष्टि गरेको छ । अनुसन्धानका क्रममा उनका एकजना नातेदार भतिजोलाई प’क्राउ गरेको प्रहरी नायब उपरीक्षक तामाङले जानकारी दिनुभयो ।

यो पनि : कक्षा १२ को परीक्षा सञ्चालनको विकल्प खोजिँदै

राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ ।

शिक्षा पत्रकार समाज (सेज) ले आज आयोजना गरेको भर्चुअल बहसमा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले विद्यार्थीले संसारभरि लिएर जान सक्ने विधिवत् लब्धाङ्कपत्र प्राप्तिको सवाललाई गम्भीरताका साथ आफूहरुले अध्ययन गरिरहेको जनाउनुभयो । उहाँले कक्षा १२ को परीक्षालाई यसअघि असोजको पहिलो साताबाट सञ्चालन गर्ने तयारी गरिएकामा कोरोना भाइरसको जोखिम बढेकाले मिति पछि सर्न सक्ने र यसबारे बोर्डले मात्रै निर्णय गर्न नसक्ने स्पष्ट गर्नुभयो ।

उहाँले बोर्डले दिने सुझाव अध्ययन गरेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड–१९ रोकथाम तथा नियन्त्रण केन्द्र (सिसिएमसी) ले परीक्षा सञ्चालनका विधि र मितिबारे बाधा अड्काउफुकाउसहित निर्णय गर्ने बताउनुभयो । बोर्डले कोभिड–१९ को जोखिम बढिरहेको र कक्षा १२ को परीक्षाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता पाउनुपर्ने भएकाले कक्षा १० र ११ का जस्तो आन्तरिक मूल्याङ्कनका आधारमा प्रमाणीकरण नगरी राष्ट्रियस्तरको परीक्षा गर्न सुझाव तयार गरेको छ ।

विद्यालय तहका सबै विद्यार्थी अनलाइन सिकाइमा समावेश हुन नसकिरहेको अवस्थामा अनलाइनबाट कक्षा १२ परीक्षा सञ्चालन गर्न वा कोरोना जोखिम नभएका ठाउँमा परीक्षा सञ्चालन गरेर अन्य जिल्लामा फरक फरक मितिमा परीक्षा लिन सकिने प्रतिवेदनमा उल्लेख छ । चरणबद्ध परीक्षा भएमा पनि परीक्षाफल एकै समयमा हुने अध्यक्ष पौडेलले जानकारी दिनुभयो । गत चैत ८ गतेदेखि हुने कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा बन्दाबन्दीका कारण स्थगन भएको थियो । अध्यक्ष पौडेलले भन्नुभयो, “पाठ्यक्रम र मूल्याङ्कन प्रणाली बोर्डले नभई पाठ्यक्रम मूल्याङ्कन विकास परिषद्ले तय गर्ने भएकाले निर्धारित पाठ्यक्रम र सरकारले दिएको परीक्षासम्बन्धी नीतिभन्दा बाहिर हामीले केही गर्न सक्दैनौँ । विषम परिस्थितिमा सरकारको निर्णयलाई आधार मानेर काम गर्नेछौँ ।”

प्रतिक्रिया दिनुहोस