सबैको पोल खोल्दै रियाले भनिन्, “८० प्रतिशत बलिउडकर्मी ड्रग्स युज गर्छन्”

सुशान्त सिंह राजपुतको निधन पछि बलिउडमा एक पछि अर्को झड्का लाग्दै गएको छ । उनको निधनले बलिउड २ धारमा बाडिएर अनेक तर्क र बितर्क गर्न थाले । अहिले उक्त्त केशमा नयाँ ट्वीस्ट आएको छ ।

बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले पक्राउ गरेपछि बलिउडमा रुवाबासी सुरु भएको छ । पछिल्लो समय चक्रवर्ती विरु द्ध ला गु औ षध लिने दिने र बेच्ने गरेको आरोप लागेको छ ।

उनी आफैले पनि ड्र ग्स सेवन गर्ने गरेको कुरा स्वीकारेकी छिन् । उनीले आफुले सेवन गर्ने कुरा स्वीकार्दै बलिउडमा ८० प्रतिशत भन्दा बढी कलाकार कुलतमा रहेको बयान दिएको छिन् ।

उनलाई पक्राउ गरेपछि बलिउडकी कन्ट्रोभर्सी क्वीन कंगना रनोटले खुशी व्यक्त्त गरेकी छिन् । विवादमा रहेकी कंगनाले बलिउडका धेरै कलाकारहरु ड्र ग्स केसमा सामेल भएका र उनीहरुको व्लड टेष्ट गर्न मुम्बइ पुलिस सँग आग्रह गरेको थिइन् ।

कंगनाले नामै तोकेर बलिउडकर्मीको बारेमा बताएको थिइन् । उनले दिपिका पादुकोण, रणवीर सिंह, रणवीर कपुरलगायतको नाम सार्वजनिक गरेको थिइन् ।

प्रतिक्रिया दिनुहोस