नेपालमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ४९ हजार २१९ पुग्यो

काठमाडौं, २४ भदौ । नेपालमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधवारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा ११ हजार १६७ पीसीआर परीक्षण गरिएका छन् । हालसम्म ७ लाख ९९ हजार ३४१ परीक्षण भएका प्रवक्ता गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस