काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाइने, शर्तसहित केही क्षेत्र खोलिने

काठमाडौं, २४ भदौ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भदौ तीन गतेदेखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा व्यापार/व्यवसाय र यातायात क्षेत्रका लागि खुल्ने भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार विहीबार ९भोलि०देखि शर्तसहित व्यापार÷व्यवसाय र यातायात क्षेत्रका लागि खुल्ने भएको हो ।

प्रजिअ दाहालका अनुसार सार्वजनिक र निजी यातायातमा जोर/बिजोर लागू गर्ने र व्यापार/व्यवसायलाई शर्तसहित खोल्न दिने निर्णयमा प्रशासन पुगेको हो । तर, अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने बताइएको छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आधिकारिक निर्णय सार्वजनिक गर्ने तयारी गरिररहेका जानकारी गराइएको छ । यता काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनहरुका लागि भने पहिलेकै प्रावधान लागू गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस