“ दुर्लभ कछुवा सहित मानिसहरु पक्राउ”

मिति २०७७/५/२७ गते बिहान ११:३० बजेको समयमा का.जि. का.म.न.पा. वडा १४ कंलकी मकालु पेट्रोल पम्प अगाडीबाट प्रहरी बृत्त कालिमाटी , यस महाशाखा अन्तर्गत PCCB कालिमाटी, PCCB स्वयम्भुबाट खटिएको संयुक्त प्रहरी टोलीले मिति २०७७/५/२७ गते बिहान राती जिल्ला चितवन तर्फ बाट अ.मुल्य रु ३५ लाखमा बिक्रि बितरण गर्न भनि लिएर आएको अन्दाजि ७०० ग्राम तौल तथा लम्बाई अ. १२ ईन्च भएको पहेलो रंगको अबैध बन्यजन्जु कछुबा सहित निम्न मानिसहरुलाई पक्राउ गरी थप अनुसन्धानको लागी बृत्त कालिमाटीमा राखिएको

पक्राउ परेका मानिसहरुको बिबरण :-१.जिल्ला सुर्खेत भेरी गंगा न.पा. वडा न २ बस्ने बर्ष २५ को सर्वराज बुढा ।२. जिल्ला नुवाकोट बेलकोट गढी न.पा. वडा न. ५ बस्ने बर्ष १८ को सुरेन्द्र श्रेण्ठ ।३. जिल्ला काभ्रे नमोबुद्ध न.पा. वडा न ८ बस्ने बर्ष २७ सन्तोष रम्तेल ।४. जिल्ला रौतहट च.पुर . न.पा. वडा न ३ बस्ने बर्ष १८ को रुपेश तिमल्सिना ।५. जिल्ला नुवाकोट बेलकोट गढी न.पा. वडा न ५ बस्ने बर्ष १९ को प्रमोद बास्कोटा ।
बरामद सामानहरु:-
१. कछुवा थान १ ।मिति २०७७/५/२७ गते

प्रतिक्रिया दिनुहोस