२४ घन्टामा थप १२०१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५३ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १२०१ जना कोरोना भाइरस (कोभिड-१९ )का बिरामी थपिएका छन् ।

आज थपिएको संख्यासँगै हालसम्म नेपालमा ५३ हजार १ सय ११ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा देशभर १० हजार १ सय ७६ जनाको पीसीआर परिक्षण गरिएको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ

प्रतिक्रिया दिनुहोस