चलचित्रमा आमा बन्दै कहाँ भेटिएलाकी नायिका श्वेता खड्का

काठमाडौँ । कहाँ भेटिएला, कोहिनुर, कान्छी लगायतका आफ्नै ब्यानमा निर्माण भएका चलचित्रमा काम गरेकी नायिका श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने तयारी गरेकी छिन् ।

नायिका खड्काले चलचित्र ‘हुर्रे र राज्जा रानी’ निर्देशन गरेका निर्देशक यम थापाले निर्देशन गर्न लागेको चलचित्र मा काम गर्न लागे को बताएकी छिन्।

नायिका खड्काले लामो समयपछि खेल्न लागेको चलचित्रको कथा मन परेका कारण यो कदम चालेको ओएस नेपालसँग बताइन् ।

लकडाउनका कारण रोकिएको छायांकन यो विकराल अवस्था सहज भएसँगै चलचित्रको सुटिगं सुरु हुने समेत उनले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस