चितवनमा होम आइसोलेसनमा बसेकी एक वृद्धाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं – चितवनमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धा रहेकी छिन् । होम आइसोलेसनमा बसेकी वृद्धाको आइतबार बिहान मृत्यु भएको हो ।

उनलाई भदौ १५ कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसिरहेकी थिइन् ।

उनी दीर्घ रोगी रहेको बताइएको छ । उनको कोरोना संक्रमणबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीा रहेको छ । यससँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ

प्रतिक्रिया दिनुहोस