आमाको ब्वायफ्रेण्डसँग छोरीले विवाह गर्नुपरेपछि….!

एजेन्सी । छिमेकी देश भारतको एक सहर हैदराबादमा एक १७ वर्षीय किशोरीले आफ्नै आमाविरुद्ध प्रहरीमा उजुरी हालेकी छन् । आमाकै कारण आफ्नो दिदिले आत्महत्या गरेको भन्दै उनले उजुरी हालेकी हुन् ।

उजुरीमा उनले आफ्नो आमा १ वर्षदेखि बुबासँग अलग्गै बसेको बताएकी छन् । उजुरीमा उनले आफ्नो आमा एक व्यक्तिसँग अवैध सम्बन्धमा रहेको पनि उल्लेख गरेकी छन् ।

उजुरी गर्ने सानीछोरीले आफ्नो आमा अनिताको नविनकुमार नामको व्यक्तिसँग अवैध सम्बन्ध थियो । जसका कारण नविन उनिहरुको घरमा आइरहन्थे ।

नविनका साथमा सम्बन्ध अगाडि बढाउनका लागि अनिताले आफ्नो ठूलीछोरीको विवाह नविनसँग गराएकी थिइन् । तर केहिसमय पछि छोरीले आमा र आफ्नो पतिको सम्बन्ध थाहा पाएर आत्महत्या गरेकी थिइन् ।

छोरीसँग विवाहपछि पनि अनिता र नविनको सम्बन्ध चलिरहेको थियो । यो कुरा थाहा पाएर मृतक छोरीले पति र आमालाई यस्तो हर्कत नरोके आतमहत्या गर्ने धम्की दिएकी थिइन् ।

उक्त घटनालाई मृतककी बहिनीले प्रहरीकहाँ रिपोर्ट गरेकी थिइन् । मृतककी आमा अनितालाई भारतीय दण्ड संहिताको धारा ३०६ र ४२० अनुसार उजुरी दर्ता गरिएको र छानविन भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस