एक महिलाका दुई श्रीमान् , गर्भवती भएपछि दुई श्रीमानले गरे यस्ताे सम्झौता !

एजेन्सी । एकजना पुरुषसँग २/३ जना महिलाले विवाह गरेको, पत्निहरुले पतिको भागवण्डा गरेको समाचार त प्राय आइरहन्छ । तर यो पटक पतिका लागि पत्निहरुले होइन, पत्निका लागि पतिहरुले भागवण्डा गरेको खबर छ ।

खबर पाकिस्तानको हो । जहाँ बालबच्चाको राम्रो हेरचाहका लागि भन्दै एक पतिले आफ्नो पत्निको पूर्वपतिसँग पत्नि बाँडफाँटको सम्झौता गरेका छन् । पाकिस्तानको लाहोरस्थित रायविंद इलाकामा पतिहरुले पत्नि बाँडेका हुन् ।

रायविंदका एक पतिले आफ्नो गर्भवती पत्निलाई बच्चा जन्माउन र भएका बच्चा हुर्काउन सहज होस् भनेर पूर्वपतिको जिम्मा लगाएका छन् । यस विषयमा दुबै पतिहरुले प्रहरीमा बयानसमेत दिएका छन् ।

महिलाका वर्तमान पतिले आफ्नो बयानमा पत्निको पूर्वपति तर्फ ४ बच्चा रहेको र उनीहरुको हेरचाहका विषयमा तनावमा रहने गरेकाले पत्निलाई पूर्वपतिको जिम्मा लगाएको बताएका छन् । उनले बयानमा पत्नि अहिले पनि गर्भवती रहेकाले आफ्नो भेटघाटमा कुनै रोक नलाग्ने पनि सम्झौतामा उल्लेख गरिएकाे छ ।

जसका लागि आफ्नो पत्नि पूर्वपतिका साथमा भएका बेला पनि उनी त्यहाँ जान पाउने र आफ्नो हुनेवाला बच्चाको सम्पूर्ण जिम्मा लिने बताएका छन् । पूर्वपतिले पनि बयानमा उक्त सम्झौताले आफू खुशी रहेको र बच्चा र पत्निको खुशीका लागि आफू तयार भएको बताएका पाकिस्तानी स्थानीय मिडियाले लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस