कंगनालाई चेतावनी दिंदै महाराष्ट्रका मुख्यमन्त्री ठाकरेले भने,‘मेरो मौनतालाई मेरो कम्जोरी नसम्झनु’

मुम्बई एजेन्सी । कंगना रनौत विवादको विषयमा महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले कंगना लगाएतका केही महाराष्ट्र विरोधीहरुले मुम्बईलाई बदनाम गर्ने कोशिश गरेको आरोप लगाएका छन् । मुख्यमन्त्री ठाकरेले आईतबार प्रेस कन्फे्रन्समा उक्त कुरा बताएका हुन् ।

उक्त प्रेस कन्फ्रेन्समा उनले सिधै बलिउड अभिनेत्री कंगना रनौतलाई निशाना बनाउँदै महाराष्ट्र विरोधी गतिविधीले निम्त्याउने जुन सुकै नतिजा भाग्न आफु तयार रहेको र यस प्रकारको सियासी तूफानको सामना गर्नकोलागी पनि आफु र आफ्नो सरकार तयार रहेको बताए । मुख्य ठाकरेको आजको प्रेस कन्फ्रेन्स विषेश गरि कंगनालाई निशानामा राखिएर गरिएको थियो ।

उनले महाराष्ट्रमा अहिले कोरोना लगाएतका अन्य थुप्रै विषयहरु ध्यान केन्द्रित गर्नु पर्ने भएता पनि आफ्नो ध्यान भने विशेष गरेर कंगना प्रति नै रहेको खुलेरै बताए । मुख्यमन्त्री ठाकरेको यो भनाईसंगै अभिनेत्री कंगना र उनीबीचको लडाई अब लुकाछिपीको रहेन । साथै मुख्यमन्त्री ठाकरेले यो पनि भने कि महाराष्ट्रलाई पुरै दुनियाँमा बदनाम गरिने कोशिश गरिंदै छ । सही समय आएको खण्डामा म यो विषयमा अवश्य बोल्ने नै छु । समय भन्दा अगाडी बनोलिएको मेरो मौनतालाई मेरो कम्जोरी हो भनेर कसैले नसम्झनुु ।

प्रतिक्रिया दिनुहोस