२४ घण्टामा देशभर गरी १ हजार ४१ जना संक्रमित थपिए, कुल ५४ हजार १५१

काठमाडौँ भदौ २८ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढ्ने क्रम जारी छ । पछिल्लो २४ घन्टामा १ हजार ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सगैँ अहिले सम्म कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

९ हजार एक सय ६५ जनाको परीक्षण गर्दा ती संक्रमित फेला परेका हुन् ।

२४ घन्टामा ११ सय ७१ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ । पीसीआर परीक्षण ९ हजार १६५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

हालसम्म ८ लाख ४० हजार ५ सय २७ पीसीआर विधिबाट परीक्षण भएका छन् । आइसोलेसनमा उपचारमा रहेकाको संख्या १५ हजार १ सय १७ र क्‍वारेन्टाइनमा ६ हजार ५ सय ३६ जना रहेको छ । २४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस