काठमाडौं उपत्यकामा संक्रमण,आइतबार ५९७ संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय ९७ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ४ सय ८३ संक्रमित थपिएका छन् भने ललितपुरमा ३३ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ८१ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ११ हजार ७ सय ३८ पुगेको छ । यसमध्ये काठमाडौमा ९ हजार ५ सय ८८ , ललितपुरमा १ हजार १ सय ६१ जना र भक्तपुरमा ९ सय ८९ जना संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस