के बाटोमा पैसा वा सिक्का भेटिदा भाग्य चम्किन्छ ? यस्तो छ बिशेष अर्थ

सडकमा अक्सर यात्रा गर्दा कहिले काहीं पैसा वा सिक्का देखिने गर्छन । कतिपयले त्यस पैसा वा सिक्कालाई राम्रो भाग्य भनेर टिप्दछन भने कतिले त्यसलाई वास्ता नगरी आफ्नै बाटो हिड्ने गर्दछन। सडकमा पैसा भेट्नु एक किसिमको रोमाञ्चक कुरा पनि हो र यस कुरालाई सबैले आफ्नो साथीभाइ र परिवार संग कुरा गर्न पनि मनपराउछन। यसैगरी बाटोमा पैसा वा सिक्का भेट्नु एक साधारण कुरासंग मात्र नभएर अध्यात्मसंग पनि जोडिन्छ।

प्रतीकवादमा, पैसा प्रायस् शक्ति, इतिहास र मानसँग सम्बन्धित छ र यसलाई विश्वका धेरै भागमा राम्रो भाग्यको उदयको रुपमा लिइन्छ। एउटा नोट वा सिक्का धेरै वर्षसम्म चलायमान हुन्छ र यो एक हातबाट अर्को हातमा पुग्ने गर्दछ। यसरि हातहरु परिवर्तन गरिसकेको पैसामा हरेक मानिसले उक्त पैसामा उर्जा थपेका हुन्छन। त्यसकारण पैसालाई उर्जाशक्तिको पावरहाउसको रुपमा मानिन्छ ।

सरल शब्दमा भन्ने हो भने, पैसा भेट्नु भनेको भौतिक संसारलाई मात्र नभएर आध्यात्मिक संसारलाई पनि दर्शाउनु हो । पैसा भेट्नु भनेको यस जीवनमा तपाइँ महत्त्वपूर्ण हुनुहुन्छ र मानिसहरू तपाईंको साथ धेरै मनपराउने गर्छन।

सिक्का भेट्नुको अर्थ – सिक्काले जीवनमा नयाँ सुरुवात हुन लागेको दर्शाउछ भने, यसले दीर्घायु र जीवनमा थुप्रै ठुलाकुराहरुले पर्खिरहेको प्रतिनिधित्व गर्दछ। त्यसैगरी, दैविक शक्तिले जहिले साथदिने जसले जीवनमा सफलता र सकारात्मकता ल्याउने विश्वास गरिन्छ। सिक्काले एकतालाई पनि प्रतिनिधित्व गर्दछ, जसको मतलब आफ्नो प्रियजनहरूसँग जीवनमा मात्र होइन, मृत्युपछि पनि सधैं साथ पाउने दर्शाउने गर्दछ।

नोट भेट्नुको अर्थ -नोटहरू फेलापार्नु भनेको आफ्नो डरलाई त्यागी आफ्नो भाग्य र ज्ञानलाई भरोसा गर्नुपर्दछ। यसैगरी नोट भेट्नुको अर्थ आफुले रोजेको मार्ग सहि भएको र त्यसमा सधैं हिड्नु पर्ने प्रतिनिधित्व गर्दछ भने जीवनमा सकरात्मक परिवर्तनका लागि तयार रहेको र उत्साह, सकारात्मकता र खुशीले भरिने अर्थ लाग्दछ र दैविक शक्तिले मार्गदर्शन गर्नुका साथै जीवनमा केन्द्रित रहन मद्दत गर्दछ।

प्रतिक्रिया दिनुहोस