काठमाडौं उपत्यकामा थप ५ सय १२ जनामा संक्रमण, काठमाडौंमा ४ सय ४० थपिए

काठमाडौं, २९ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५ सय १२ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय १२ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ४ सय ४० संक्रमित थपिएका छन् भने ललितपुरमा २९ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ४३ जना संक्रमित देखिएका छन् ।
योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १२ हजार २ सय ५० पुगेको छ ।

यसमध्ये काठमाडौमा १० हजार २८ , ललितपुरमा १ हजार १ सय ९० जना र भक्तपुरमा १ सय ३२ जना संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस