आज काठमाण्डौं उपत्यकामा ६ सय ७६ जना संक्रमित थपिए

भदौ ३० काठमाण्डौं । निरन्तर कोरोना संक्रमित बढीरहेको काठमाण्डौं उपत्यकामा आज थप ६७६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा सबै भन्दा धेरै ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना संक्रमित थपिएका छन् ।

निषेधाज्ञा लामो समय कायम राखेर अहिले खुकुलो गरिएको छ । मापदण्ड पालना गर्न सरकारले अपील गरीरहेको छ । तर पनि उपत्यकामा निरन्तर संक्रमित बढ्न छाडेका छैनन् ।
बाक्लो जनघनत्व रहेको काठमाण्डौमा समुदाय स्तरमै कोरोना संक्रमित फेला परीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस