बुधबार थप १ हजार ६८ संक्रमितद्वारा स्वास्थ्यलाभ, निको हुने ४१ हजार ७ सय ६ पुगे

काठमाडौं, ३१ भदौ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ६८ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ६८ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४१ हजार ७ सय ६ पुगेको छ ।

निको हुनेको यो प्रतिशतमा कुल ७१ दशमलव ५ प्रतिशत हो । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १६ हजार २ सय ४२ रहेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ८ सय २० रहेको छ । यस्तै होम आइसोलेसनमा रहनेको संख्या ७ हजार ७ सय १ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ४१ जना छन् ।

पछिल्लो घण्टामा देशभर १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ८ लाख ७२ हजार २ सय ७४ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस