कुलमानको समर्थनमा उत्रिएका अभियान्ता हेमराज थापा गम्भीर घाइते, दर्जनौ प्रहरी नियन्त्रणमा !

नेपाल विद्युत प्राधिकरणको निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने क्रममा युवा अभियान्ता हेमराज थापा गम्भिर घाइते भएका छन् । उनको अहिले ट्रमा अस्पतालमा उपचार भइरहेको छ । युवा अभियान्ता हेमराज थापासहित अन्य दर्जनौ प्रदर्शनकारीहरु घाइते भएको मिसन नेपालका अध्यक्ष जेरी ताम्रकारले अनलाइन मार्गलाई जानकारी दिए ।
कुलमानलाई नै प्राधिकरणको कार्यकारी प्रमुख बनाईनुपर्छ भन्दै उनका समर्थकहरुले प्रदर्शन गर्ने अवस्थामै प्रहरीले लाठी समेत चार्ज गरेको र फोहोरा पनि प्रयोग गरिएको बताइएको छ । प्रहरीले केहीलाई माईतीघरबाट गिरफ्तार समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस