कुलमान न मेरो साथीभाई हुन न कुनै नातेदारनै तर उहाँ जस्ता ब्यक्तीलाई सरकारले सदुपयोग गरेर इमान्दारीको पनि अनुकरण गरिनु पर्छ : मदनकृष्ण श्रेष्ठ

काठमाडौ । बिद्युत प्राधिकरणबाट कुलमानको कार्यवधि सकिएर बिदाई गरिएसंगै जताततै कुलमानको पुनर्वहाली गरिनु पर्ने माग उठिरहंदा नेपालकै वरिष्ठ कवाकार मदनकृष्ण श्रेष्ठले पनि खुलेरै कुलमानको कामको प्रशंसा गरेका छन् ।

सामाजिक संजालमा श्रेष्ठले लेखेका छन् :वहाँ जस्ता ब्यक्तीलाई सरकारले सदुपयोग गरेर इमान्दारीको पनि अनुकरण हुंदै जावस भन्ने मेरो मनको तमन्ना मात्र हो।

हेर्नुहोस् वहॉंको फेसबुक पेजमा गरिएको वहॉंको भनाई जस्ताको तस्तै :

अहिले सम्झिंदा सांच्चिकै एका देशको कथा झैं लाग्छ मैले कर्मचारी संचय कोषमा जागिर खाइरहंदाका त्यी दिनहरु …

एउटा कार्यालयको प्रमूख ब्यक्तिले आफुलाई दिईएको जिम्मालाई ईमान्दारिका साथ निभाई दिएमा आफ्नु क्षेत्रलाई भ्रष्टाचारको स्टन्टबाट मुक्त गरेर जनतालाई राहत दिन सकिन्छ भन्ने एउटा बास्तबिक उदाहरणको कथा थियो त्यो ।

मैले २०२३ साल देखि करिब १२ बर्ष जागिर खाएको कार्यालय कर्मचारि संचय कोषका प्रशासक श्री परिक्षीत नरसिंह राणाले सत प्रतिसत आफु ईमान्दार भएर नेतृत्व दिएका कारण त्यसताकाका सबै कर्मचारिहरुलाई आफ्ना सेवा ग्राहिहरुबाट घुसको त कल्पनै नगरौं एक कप चिया, एक खिल्ली चुरोट खान त के छुन सम्म पनि हिम्मत गर्न नसक्ने बनाई दिएका थिए।

सेवा ग्राहिको तर्फबाट एक खिल्ली चुरोट लिईहालेमा कुरा तुरुन्त माथि पुगि सक्थ्यो र त्यस ब्यक्तिलाई अपराधी मानेर उत्निखेरै उस्लाई जागिरबाट सदाका लागि घोक्रेठ्याक लाईन्थ्यो। हायर एण्ड फायरको एउटा कडा उदाहरण थियो ।

यो कुरा मैले मेरो आत्मकथा “महको म” मा समेत लेखेकोछु । उहाँको नेतृत्वमा काम गरेका कर्मचारीहरु आजसम्म पनि प्रशासकज्यू प्रति गर्व गर्दछन।

कुरा अझै अलि बांकि छ।

पछि उहाँको कार्यकाल सकपछि त्यत्रो ठूलो बित्तिय संस्था हाँकीरहेका ब्यक्तीलाई अपमान गरे सरह एउटा सानु ईन्धन संस्थनमा सरुवा गरियो।

त्यहा पनि भ्र’ष्टाचार उ’न्मुलन गर्ने कार्यमा लाग्नु भो पछि भ्र’ष्टाचारिहरु सबै मिलेर उहाँलाई नै त्यहाँबाट हटाई दिए ।
परिक्षीत नर्सिंह जस्ता ईमान्दार र नैतिकवान कर्मचारीहरु अरु पनि प्रशस्त छन हाम्रो देशमा तर उहाँहरु को को हुन म चिन्दिन ।

सबैको भनौं या मेरो मन जितेको ब्यक्तीहरुमा उनै परिक्षीत नरसिंह राणा पछि उत्तिकै मन जितेका ब्यक्ती हुन कुलमान घिसीङ।

उहांहरु दुबै मेरा न साथीभाई हुन न कुनै नातेदारनै। तर दुबैप्रति मेरो आत्मसम्मान छ।

उहाँ जस्ता ब्यक्तीलाई सरकारले सदुपयोग गरेर इमान्दारीको पनि अनुकरण हुंदै जावस भन्ने मेरो मनको तमन्ना मात्र हो।

प्रतिक्रिया दिनुहोस