चर्चित फेसन डिजाइनर सरबरी बाथरुममा मृत अवस्थामा भेटिइन

भारतीय सिने जगत एक पछि अर्को दुखद समाचारबाट गुज्रिरहेको छ । नायक नायिकाहरुको असामयिक निधन, आपसी कलह लगायत बिवादका घेराहरु बिच भारतीय सिने जगत अघि बढिरहेको छ ।यसैबिच, चर्चित फेसन डिजाइनर सरबरी दत्त मृत अवस्थामा भेटिएकी छिन् । उनी कलकत्तामा रहेको आफ्नै घरको बाथरुममा मृत अवस्थामा भेटिएकी हुन् । हृदयघातका कारण उनको निधन भएको हुन सक्ने कलकत्ता प्रहरीले बताएको छ ।

प्रहरी स्रोतका अनुशार उनी १२ बजेर १५ मिनेटमा बाथरुममा ल’डिरहेको अवस्थामा भेटिएको थिइन् । अहिले उनको शरिरलाई पोष्टमार्टमको लागि लगिएको पारिवारिक स्रोतलाई उद्धित गर्दै जुम टिभीले बताएको छ । चर्चित बेङगाली कवि अजित दत्तकी छोरी सरबरी कस्टुम डिजाइनमा पपुलर नाम हो । बेङगाली धोती र पन्जाबी कुर्था डिजाइनमा उनको ठूलो योग्दान रहेको बताइएको छ ।

उनले डिजाइन गरेका कपडा भारतमा मात्र होइन सन्सारका अन्य स्थानमा पनि चर्चित छन् । भारतीय सिने जगतमा पनि उनको डिजाइनले महत्वपूर्ण स्थान पाउँदै आएको थियो । उनको निधनमा भारतीय सिने जगतमा फेरि एक पटक शाकको माहोल बनेको छ ।

प्रतिक्रिया दिनुहोस