लकडाउनमा गाँउ फर्केका गायक अकृत गुुरुंङको घरमा सर्प पसेपछि

काठमाडौ । कोरोनाको महामारी सुरु भएयता चर्चित नेपथ्य ब्याण्डका गायक अमृत गुरुङ गाउँ फर्केका छन् । कास्कीको उनको गाउँमा उनी खेती किसानीमा रमाएका छन् । समय समयमा उनी गाउँका खबर सामाजिक सञ्जालमा पस्किन्छन् । गाउँको आफ्नै गोठमा भैसी पालेर खेतीमा रमाएका अमृतको घरमा एउटा स’र्प आएपछि उनी डराएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा सो बारे जानकारी दिँदै उनले लेखेका छन्, हिजो गोठ परिसरमा स’र्प देखियो। गोठका सबै आ’त्तिए र हामीले स’र्प रेस्क्यु गर्नै भाइलाई खबर गर्यौं, वहाँहरुको द्रुत सेवा देखेर खुसी लाग्यो। वहाँहरुको अनुसार ‘क’पर हेडेड नन भेनमस ट्रिकेट’ रहेछ । स’र्प वि’शा’लु हैन भनि थहा पाए पछि ढुक्क भएम ।

उनी उनको खेतबारी र गोठमा भएका साना साना कुराहरु पनि ट्वीटरमा अपलोड गर्ने गर्छन् । हाले उनले लेखेका थिए, गोठमै पाएर हुर्कँदै गरेको यो मायालु बिरालोको बच्चो।।। बच्चाहरु प्राय मायालु नै हुन्छन् । गोठमा मुसाले हैरान पारेपछि बिरालो ल्यायौं, त्यसपछि मुसाको समस्या खतम। कहिले काँही दुध चोर्न खोज्ने सानो दुर्गुण बाहेक यीनीहरु गोठको परिवारमा राम्रैसँग घुलमिल भएर बसेका छन्।


केही समय अघि गाउँको बाँझो खेतको फोटो राख्दै अमृतले खिन्नता ब्यक्त गरेका थिए । उनले लेखेका थिए, छिमेकमा यस्ता बाँझो खेत र सिस्नु उम्रेका आगन देख्दा मन काट्छ । यस्ता घर ९ खेत छोडेर संवृद्धि खोज्दै जाने कयौं, विदेशी भुमीमा अहिले अलपत्र छन् । के ठिक के बेठिक , अब त खुट्ट्याउनै सकिएन।।। हुने र सक्नेले आफ्नो भुमी बाँझो नराखौं ।

दुई महिना अघि अमृतको भैसी ब्यायो । भैसी ब्याएको कुुरा अमृतले ट्वीटरमा यसरी लेखे रातभरी पानी पर्यो, विहान भैंसी व्यायो । हैन। भैंसी व्याउने बेला जहिल्यै पानी पर्छ । भैंसी र पानीको के साइनो होला ? हुन त अँग्रेजीमा यसलाई वाटर बफेलो भन्छन् क्यारे ? पाँच वर्ष अघि यही गोठमा जन्मेकी सेती पाँडी, यो पटक समेत दोस्रो पटक व्याएको हो ।

प्रतिक्रिया दिनुहोस