एउटै फ्ल्याटमा बस्दै आएका नेपाली विद्यार्थीबीच झ गडा हुँदा मा रिएका विवेक र केहि समय अगाडी दु र्घटनामा ज्यान गुमाएकी रेनुका कोइरालाको पार्थिक शारीरिक आज नेपाल ल्याइदै

काठमाडौं । चितवनका विवेक अमगाइ र धादिङकी रेनुका कोइरालाले परिवारलाई मिठो खुवाउने र प्रशस्त पैसा कमाएर यूरोपमा सेटल हुने उदेश्य बोकेर साइप्रस हा निएका थिए । तर अल्पायुमा नै यि दुवै जनाले दुखद निधनको बाटो रोज्नु परेको छ ।

गत ५ मेमा साइप्रसको राजधानी निकोसिया नजिक इभिचिउ भन्ने गाउँमा एउटै फ्ल्याटमा बस्दै आएका नेपाली विद्यार्थीबीच घरको विषयलाई लिएर विवाद भएपछि चितवन रत्ननगर नगरपालिका वडा नं १२ जमुनापुर गाउँका २१ वर्षीय विवेक अमगाइको विभत्स ह’ त्या भएसँगै उनको परिवार अहिले ठूलो शोकमा रहेको छ ।

यता धादिङकी रेनुका कोइरालाको काम सकेर कोठामा फर्किने क्रममा मोटर साइकल दुर्घटनमा परेर ज्यान गयो । अध्ययनको लागि साइप्रस गएकी रेनुका र विवेकको श व आज स्थानीय समयअनुसार दिउँसो १.२० बजे कतार एयरलाइन्सको जहाजमार्फत नेपाल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस