कैलालीमा मृत फेला परेकी पत्रकारको अन्तिम पोष्ट– म मरेको दिन कस्तो होला ?

धनगढी– कैलाली एफएममा कार्यरत २३ बर्षीया पत्रकार निर्मला पहाराइ आज मृत फेला परेकी छिन्। घोडाघोडी नगरपालिका वडा नम्वर ४ की पहाराइ भदौ ३१ ग्तेदेखि वेपत्ता थिईन् भने आज वडा नम्वर ५ को सामुदायिक वनमा भुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

उनले १६ दियता सामाजिक सञ्जाल फेसवुकमा कुनै पोष्ट गरेकी छैनन् भने अन्तिम पोष्ट सेप्टेम्वर २ मा गरेकी छिन्। उनले सेटोपाटीमा प्रकाशन भएको ‘म मरेको दिन कस्तो होला ?’ शिर्षकको लेख उनले पोष्ट गरेकी छिन्। यो पोष्ट नै सामाजिक सञ्जालमा उनको अन्तिम पोष्ट हो।

सेतोपाटी डटकममा नवराज पराजुलीले राष्ट्रकवी माधवप्रसाद घिमिरेलाई स्मरण गर्दै लेखेको उक्त लेख मृतक पहराइले पोष्ट गरेकी थिईन्। ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख तथा प्रहरी नायव उपरिक्षक सागर बोहराले घटनाबारे थप अनुसन्धान भईरहेको जानकारी दिए। दिनेश खबर बाट

दिनेश खबर गैरदलित युवकसँग प्रेममा थिइन पत्रकार निर्मला

कैलालीको सुख्खडमा एक जना रेडियो पत्रकार महिलाको रहस्यमय मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका ४ घर भएकी २३ बर्षीय रेडियो पत्रकार निर्मला पहराईको जंगलमा झु ण्डि’एको अवस्थामा शव भेटिएको हो । पहराई क्रियाशील दलित पत्रकार संघ, नेपाल आड्जोन कैलालीकी सहसचिव समेत हुन् ।

कैलाली एफ.एम.मा कार्यरत उनको शव झु ण्डि’एको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । रुखमा झु ण्डि;एको अवस्थामा शव फेला परेपनि ‘ह ‘त्या ग’रेर रुखमा झु ण्ड्या’इए’को आफन्तको आरोप छ । दुई दिनअघि घरबाट सम्पर्कविहिन भएकी उनको खोजी गर्दा जंगलमा शव भेटिएको हो । उनको शव पोष्र्टमार्टमका लागि जिल्ला अस्पताल कैलाली लगिएको छ ।
गैरदलित युवकसँग प्रेममा थिइन !

प्रतिक्रिया दिनुहोस