काठमाडौं उपत्यकामा आज एकै दिन ७ सय ११ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं, ३ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन ७ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १२ सय ४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ७ सय ११ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १० हजार ३ सय ३३ जनाको पिसीआर परिक्षणमा १२ सय ४ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १४ सय ४७ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ४५ हजार २ सय ६७ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ५७० जना र ललितपुरका ५८ जना र भक्तपुरका ८३ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ६२ हजार ७ सय ९७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस