आइसोलेसन सेन्टर जान्छु भनेर हिंडेका कोरोना संक्रमित पुरुष ‘गलफ्रेण्ड’सँग समातिएपछि

एजेन्सी / आफूलाई कोरोना पोजेटिभ देखिएको भन्दै घरबाट निस्किएका एक जना पे्रमी प्रेमीकासँगै समातिएका छन् । कोरोना पोजेटिभ देखिएको भन्दै श्रीमतीलाई ढाटेर घरबाट निस्किएका उनी प्रेमिकासहित आईबार भारतको ईन्दौंरमा समातिएका हुन् ।

भारतीय सन्चार माध्यमकाअनुसार कोभिड सेन्टरमा भर्ना हुन भनि निस्केका श्रीमान सम्पर्कविहिन भएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । ईन्दौंरको ताजोलमा बस्ने २८ वर्षीय ती पूरुषले फोन गरेर आफूलाई कोरोना भएको बताएका थिए । लामो समय श्रीमान सम्पर्कमा नआएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् ।

उनलाई खोज्न प्रहरीले पहिलो चरणमा जिल्लाका सबै आइसोलेसन सेन्टरमा खोजी शूरु गरेको थियो । तर लामो समय खोजेपछि उनी प्रेमीकासंगै प्रेमालाप गर्दै गरेको अवस्थामा भेटिए । प्रेमीकासंग सम्पर्क गर्नकोलागी उनले नयाँ नम्बर लिएको खुलेपछि प्रहरीले ट्रेसिङ गर्दा लोकेसनका आधारमा उनलाई प्रहरीले प्रेमीकासंगसंगै समातेको बताएको छ । उनी नाम बदलेर प्रेमिकासँग एउटा घरमा बस्दै आएका रहेछन् ।

प्रतिक्रिया दिनुहोस