जयालाई कंगनाको जवाफ : दुई मिनेटको भूमिका पनि हिरोसँग सुतेपछि मात्र पाइन्छ

असोज । अभिनेत्री कंगना रनावतले बलिउड फिल्म उद्योगमा आफ्नै बाटो बनाएको बताएकी छन् ।

केही दिनअघि भारतीय समाजवादी पार्टीकी सांसद तथा अभिनेत्री जया बच्चनले राज्यसभामा कंगनालाई लक्षित गर्दै जुन थालमा खायो त्यहीँ थालमा प्वाल पारेको बयान दिएपछि कंगनाले बुधबार जयालाई जवाफ फर्काएकी हुन् ।

कंगनाले ट्वीटरमा लेखेकी छन्, ‘जयाजी र उनको इन्डष्ट्रिले कस्तो थाली दिएको छ ? एक थाल पाएको थिएँ जसमा दुई मिनेटको भूमिका आ’इटम गीत र एक रोमान्टिक सीन पाइन्थ्यो त्यो पनि हिरोसँग सुतेपछि । मैले यो इन्डष्ट्रिलाई फेमिनिज्म सिकाएँ । थाललाई देश भक्ति, नारी प्रधान फिल्मबाट स’जाएँ । यो मेरो आफ्नो थाल हो, जयाजी तपाईंको होइन ।’

यसअघि कंगनाले फिल्म उद्योगलाई ‘गटर’ भनेर सम्बोधन गर्दै यहाँ काम गर्ने ९९ प्रतिशत मानिसहरू ला’गूपदा’र्थको से’वन गर्ने गरेको आ’रोप लगाएकी थिइन् ।

अभिनेता सुशान्त सिंह राजपुतको नि’धनपछि दिएका ब’यानहरूका कारण कंगना बारम्बार वि’वादमा तानिने गरकी छन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस