अर्काको श्रीमतीलाई गर्भ बोकाउने केटाको घरमा महिलाले घेरे, विदेशवाट श्रीमान घर आउँदा श्रीमतीको ९ महिनाको गर्भ देखेपछि भयो बवाल (भिडियो हेर्नुस्)

काठमाडौ । दागंको बबई गाउँपालिका हापुरेमा श्रीमान विदेशमा भएको एक महिला गर्भवती भएपछि उनका श्रीमान मलाई न्याय दिलाइदिनु भन्दै मिडियामा आएका छन् । प्रहरी कार्यालयमा समेत न्याय माग्न जाँदा प्रहरीले महिलाको मात्र कुरा सुनेको र अर्कैको गर्भ बोकेकी महिलालाई आफुसंग जब र ज स्ती पठाएको भन्दै श्रीमान मिडियामा आएका हुन् ।

वैदेशिक रोजगारीका लागि महिलाका श्रीमान भारतको गोवा गएका थिए । मंसिरमा गोवा गएका श्रीमान असारमा घर फर्कदा उनी गर्भवती भएकी थिइन् । गाउँकै विरसिंह भन्ने ब्यक्तिको गर्भ हो भनेर महिलाले भनेका कारण उनका श्रीमान विक्रमले ति महिलाको अब जिम्मा नलिने बताएका छन् ।

आफु भारतमा वैदेशिक रोजगारीमा गएको बेलामा गाउँकै युवकको गर्भ बोकेको देखेपछि उनका श्रीमान म अन्यायमा परेँ भन्दै मिडिया बोलाएका हुन् । श्रीमानले अर्काको गर्भ स्वीकार गर्दिन भन्दै प्रहरी कार्यालय जाँदा प्रहरीले आफुलाई न्याय नदिएको विक्रमको भनाई छ । श्रीमानले श्रीमतीको ठुलो पेट देखेपछि के हो यो रु भनेर प्रश्न गरेका थिए । त्यतीबेला अर्कैको गर्भ हो भनेकी श्रीमतीले प्रहरी कार्यालयमा पुगेपछि भने श्रीमानकै हो भनिदिइन् । श्रीमानले म घरमा थिइन, यो सन्तान मेरो होइन भन्दा प्रहरीले प्रमाण मागे ।

प्रतिक्रिया दिनुहोस