चीनमा फेला पर्‍यो नयाँ भाइरस, ३ हजार २ सय बिरामी

श्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको उद्गम स्थल चीनमा नयाँ भाइरसको संक्रमण देखिएको छ ।

चीनको उत्तर पश्चिमी इलाकास्थित गान्सु प्रान्तको लानजोउ सहरमा एक नयाँ भाइरसको संक्रमण फेला परेको ग्लोबल टाइम्सले जनाएको छ।

ग्लोबल टाइम्सका अनुसार यो संक्रमण ब्रुसेलोसिस ब्याक्टेरिया हो। ब्याक्टेरियाबाट ३ हजार २ सय ४५ जना संक्रमित भइसकेका छन्।

अघिल्लो सोमबार २१ हजारभन्दा बढी मानिसको स्वास्थ्य परीक्षण गर्दा सुरुमा ४ हजार ६ सय ४६ व्यक्तिको प्रारम्भिक रिपोर्ट पोजिटिभ आएको थियो। जसमा ३ हजार २ सय ४५ जनामा यो भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

चीनको उत्तर पश्चिमी इलाकास्थित गान्सु प्रान्तको लानजोउ सहर जहाँ भाइरसको संक्रमण बढेको बताइएको छ ।
यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। यो फैलिने डरले प्रशासन र सर्वसाधारण चिन्तामा परेका छन्।

यो भाइरसको संक्रमण देखिन थालेपछि सरकारले उपचारको लागि डेडिकेटेड अस्पतालहरु तोकेको छ । संक्रमण फैलिन नदिनको लागि ठाउँठाउँमा परिक्षण सुरु गरिएको ग्लोबल टाइम्सको अनलाइन संस्करणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस