दुखद खबर : माछा जोगाउन गएका तीन आमाछोरीलाई पोखरीले निल्यो, खान लगेको रोटी डिलमा भेटियो

मोतीपुर । मोरङको ग्रामथान गाउँपालिका–४ मोतीपुरस्थित माइतीमा बस्दै आएकी थिइन्, ३५ वर्षीया सीता कटवाल (अधिकारी)। सीता अरू दिनझैं आइतबार बिहान ७ बजेतिर कान्छी छोरीसँग माछालाई चराबाट जोगाउन पोखरी रुँघ्न गइन्। ठूली छोरी आमा र बहिनीलाई खाना लिएर बिहान १० बजेतिर त्यतै गइन्। भाइबुहारी मञ्जु कटवालले खानासँगै दिउँसोको खाजामा गहुँको रोटी पठाएकी थिइन्। तर, त्यस दिन त्यही पोखरीले तीन आमा–छोरीलाई निलिदियो !

सीता र उनका दुई छोरी आइतबार राति त्यही पोखरीमा मृ त अवस्थामा भेटिए। प्रहरीले तीनै जनाको शव राति १०बजे पोखरीबाट निकाल्यो। डोको, नाम्लो, हँसिया र रोटी भने पोखरीकै डिलमा भेटिएको स्थानीयको भनाइ छ। शव निकाल्दा कान्छी छोरीको शरीरमा कपडा थिएन। जेठीले भित्री वस्त्र लगाएको र आमाको शव पूरै कपडा लगाएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए।

घटनाको प्रकृति हेर्दा पोखरीमा माछा रुँघ्ने क्रममा गर्मी भएपछि छोरीहरू पौडी खेल्न पसेको र निस्किन नसकेपछि उद्धार गर्न गएकी आमाको छोरीहरूसँगै डुबेर मृ त्यु भएको हुन सक्ने ढकालको अनुमान छ।

तीनै जना पोखरीबाट नफर्किएपछि कान्छो भाइ प्रेमकी श्रीमती मञ्जुले ५ वर्षकी छोरी र छिमेकी १३ वर्षीया बालिकालाई हेर्न पठाएकी रहिछन्। तर, कतै नदेखेपछि दुवै जना फर्किए। त्यसपछि छरछिमेकीलाई लिएर मञ्जु पोखरीतिर गइन्।

‘जाँदा डोको, नाम्लो र हँ सि या पोखरीको डिलमा थियो’, उनले भनिन्, ‘खाजाका लागि भनेर बिहान पठाएको रोटी पनि डोकोले छोपेको अवस्थामा भेटियो। भान्जीहरूको कपडा पनि पोखरीकै डिलमा थियो। अमाजू दिदी र भान्जीहरू भने भेट्टिनु भएन।’ यो समाचार अन्नपुर्णपोष्टमा किशोर बुढाथोकीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस