काठमाडौंबाट सुत्केरीलाई लिएर गएको ट्याक्सी पहिरोबाट खस्यो

धादिङ-धादिङमा पहिरोबाट ट्याक्सी खदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट सुत्केरीलाई लिएर बिहीबार साँझ धादिङबेंसीतर्फ जादै गरेको परिवार सवार ट्याक्सी पहिरोबाट खस्दा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुत्केरीका आफन्त ५० वर्षीया बिन्दु तामाङ रहेकी छन् । दुर्घटनामा सुत्केरीसहित अन्य ४ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बा१ज १२६२ नम्बरको ट्याक्सी अन्दाजी १ सय ५० मिटर तल खसेर थोपलखोला खेतमा पुगेको थियो ।

मलेखु–फुर्केखोला–धादिङबेंसी कालुपाण्डे मार्गको सिद्धलेक–६ तिरतिरेधारा नजिकैको पहिरोबाट ट्याक्सी खसेको थियो ।

प्रतिक्रिया दिनुहोस