आज उपत्यकामा ८ सय १७ जनामा कोरोना पुष्टि , देशभरबाट ४ कोरोना संक्रमितको मृत्यु

काठमाडौँ , १२ असोज ।
सोमबार काठमाडौँ उपत्यकामा ८ सय १७ जनामा कोरोना पुष्टि भएको छ ।
काठमाडौँ उपत्यकामा काठमाडौँमा ६ सय ४९ जना , ललितपुरमा १ सय ३२ जना र भक्तपुरमा ३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

यस्तै सोमबार देशभरबाट ४ कोरोना संक्रमित ज्यान गुमाएका छन् ।
आज २ महिला र २ पुरुष गरी ४ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार आज सुनसरीकी ३८ वर्षीया र भक्तपुरकी ५१ वर्षीया महिलाले ज्यान गुमाएका हुन् ।
यस्तै आजै बाँकेका ४७ वर्षीया पुरुष , गुल्मीका ३४ वर्षीया पुरुषले पनि ज्यान गुमाएका हुन् ।

आज ४ जनाको निधन भए संगै देशभरबाट हाल सम्म ४ सय ८१ जनाले ज्यान गुमाएका छन् ।
हाल सम्म जम्मा कोरोना संक्रमित मध्य ०.६५ प्रतिशतले ज्यान गुमाएका छन् ।

यस्तै हाल १० हजार ९ सय २९ जना होम आइसोलेशनमा र ८ हजार ६ सय ९५ जना संस्थागत आइसोलेशनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस