आज थपिए यति कोरोना संक्रमित….संक्रमितको संख्या

काठमाडौं, नेपालमा आज थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमका अनुसार १०८९१ जनामा गरिएको पीसीआर परीक्षणमा पछिल्लो २४ घन्टामा १५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।आज थपिएका संक्रमित सहित नेपालमा संक्रमितको कुल संख्या ७६ हजार २ सय ५८ पुगेको छ । प्रबक्ता गौतमका अनुसार नेपालमा आज सक्रिय संक्रमितको संख्या २०३९६ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७३१ निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ।

प्रबक्ता गौतमका अनुसार योसँगै देशभरबाट ७२ दशमलव ६ प्रतिशत संक्रमित डिस्चार्ज भएका छन्। त्यस्तै पछिलो २४ घन्टामा कोरना संक्रमण बात १० जनाको ज्यान गएको छ ।यस संगै कोरोना बाट ज्यान गुमाउनेको संख्या ४९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यस्तै आज काठमाडौंमा ४४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जना गरि उपत्यकामा ६३४ जना संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस