ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङलाई नै दोहोर्याउँ भनेपछि झर्किए प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निर्देशक भएर कुलमान घिसिङले जती सकारात्मक चर्चा सायदै यो देशका अन्य कर्मचारीले कमाएका होलान् । देशमा भ्रष्ट नेता र कर्मचारीहरुको बोलबाला रहेको भन्ने समाचारहरु दिनहुँ छापिइरहँदा कुलमान घिसिङ जस्ता देश र जनताको काममा लाग्ने एक कर्मठ देशभक्त नागरिकलाई भने सरकारले चिन्न नसकेकोमा नागरिक दुखी छन् । प्रधानमन्त्री केपी ओलीले नै कुलमानलाई दोहोर्याउन नचाहे पनि प्रचण्ड पक्षले भने उनलाई नै निरन्तरता दिने कोशिस गरेको थियो ।

सोही अनुरुप कुलमानलाई प्राधिकरणमा पुनः नियुक्तिका लागि ऊर्जा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको तर प्रधानमन्त्री ओलीले रोकेको भन्ने आशयको समाचार मन्त्री पुनको निजी सचिवालय बैठकबाट आए । यो कुराले प्रधानमन्त्रीका सल्लाहकारहरुलाई कडा झड्का दियो । कुरा बढाएर सल्लाहकारले माथि रिर्पोटिगं गरे । त्यसपछि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री केपी ओली र ऊर्जामन्त्री वर्षमान पुनबीच भनाभन नै भयो ।

भनाभनपछि ओली निकट एक अनलाइनले मंगलबार कुलमानको विषयमा ऊर्जामन्त्री पुनले प्रधानमन्त्री ओलीसँग ‘अव आइन्दा यस्तो गल्ती हुन्न प्रधानमन्त्रीज्यू, क्षमा पाऊँ’ भनेको भनी समाचार प्रकाशनमा ल्याएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल भदौ ३१ गते सकिएपछि सो पद अहिलेसम्म रिक्त छ । सरकारले कसैलाई नियुक्ति गरेको छैन । उक्त पदमा लोडसेडिगं गर्ने कोटाका कर्मचारीका नेता आउने हुन् की ? कुलमान जस्तै सच्चा देशभक्त कर्मठ इमान्दरा सिपाही आउने हुन् त्यो भने हेर्न बाँकी छ । कुलमान गएसँगै केहीदिनदेखि काठमाडौँमा लोडसेडिगंको गाईगुई सुनिल चालेको छ । कुरा के हो ?

प्रतिक्रिया दिनुहोस