परिवारको पेट पाल्नका लागी चर्चित भारतीय टिभी सिरियल ‘बालिका बधु’ का निर्देशक ठेलामा तरकारी बेच्दै, तस्विर बन्यो भाइरल

एजेन्सी-थुप्रै चर्चित भारतिय टिभी सिरियल र फिल्मलाई निर्देशन गर्ने निर्देशक रामवृक्ष गौडले ठेलामा तरकारी बेच्दै गरेको तस्विर अहिले सामाजिक संजालमा भाइरल बनेको छ । कोरोनाभाइरसको कहरले असर गर्दा उनले ले आफ्नो परिवारको पेट पाल्नका लागि ठेलामा तरकारी बेच्ने काम गरेको भारतिय मिडियाले जनाएका छन् ।निर्देशक रामवृक्ष हाल उत्तर प्रदेशको आजमगढमा आफ्नो घरमा छन् ।

रियल लाइफ र रिल लाइफ नितान्त रुपमा फरक हुने बताउने उनले आफ्ना सन्तानलाई परीक्षा दिलाउनका लागि गृह जनपद आजमगढ आएका थिए । त्यतिबेलासम्म कोरोनाका कारण लकडाउन भयो । विमान र रेल सेवा बन्द भए । भएपछि यस्तो काम गर्न बाध्य भएको बताएका छन् ।

फिल्मी उद्योगमा २२ वर्षको अनुभव बटुलेका उनले यशपाल शर्मा, मिलिन्द गुणाजी, राजपाल यादव, रणदीप हुडा, सुनिल शेट्टीजस्ता ठूला कलाकारको फिल्ममा सहायक निर्देशकको रुपमा काम गरेका छन् । उनले निर्देशन गरेको टिभी सिरियल मध्य ‘बालिका बधु’ पनि एक हो ।

प्रतिक्रिया दिनुहोस